विराटनगर ११ स्थित सञ्चालनमा रहेको लाईफ लङ्ग पोलिक्लिनिक प्रालीको एक वर्ष पूरा

Jasus Khabar 1+ समाचार ( )
१३ भाद्र २०८०

विराटनगर ११ स्थित सञ्चालनमा रहेको लाईफ लङ्ग पोलिक्लिनिक प्रालीको एक वर्ष पूरा भएको छ ।
विपन्न र गरिवलाई सस्तो र सुलभरुपमा स्वास्थ्य सेवा दिने उदेश्यले सञ्चालन गरेको सो लङ्ग पोलिक्लिनिक प्रालीले एक वर्ष पुरा गरेको अवसरमा आफ्ना सेवाहरु समेत विस्तार गरेको छ ।

विराटनगर ११ स्थित केशलिया रोडमा सञ्चालन भएको सो लङ्ग पोलिक्लिनिक प्रालीले हरेक सेवा विशेषज्ञ सहित दिदै आएको छ । बिशेषज्ञ सहितको सेवा दिदै आएको सो लङ्ग पोलिक्लिनिक प्रालीले अहिले फिजिसियन सेजा , हार्डजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा , स्त्री तथा प्रस्तुती सेवा , नाक कान घाँटी सेवा रोग , नवजात शिशु तथा बाल रोग बिशेषज्ञ सेवा , नेत्ररोग तथा जलबिन्दु विशेषज्ञ सेवा लगायतका सेवाहरु विस्तार गरेको लङ्ग पोलिक्लिनिक प्रालीको प्रसाशन अधिकृत अमृत कुमार साहले जानकारी दिए । उनले अनुसार लङ्ग पोलिक्लिनिकमा नयाँ प्रवृतिको भिडियो एक्सरे , एक्सरे , ल्याव लगायतका सेवा प्रदान गरिदै आएको छ ।

जुनसुकै रोगको उपचार गर्न सकिने चिकित्सक रहेको दावी गर्दे उनले भने –‘ विपन्न वर्गको सेवाको लागि काम गर्ने छु।‘ निकट भिविष्यमा नै २४ औं घण्टा सेवा दिने तयारी गरेको प्रमुख साहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार