भोलि जनकपुरधाम आउँदै प्रधानमन्त्री ओली

Jasus Khabar 3945+ समाचार ( )
२९ श्रावण २०८२

 मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (भोलि) जनकपुरधाम आउने भएका छन् ।

मधेश प्रदेश सरकारले निर्माण गरेको प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली भोलि साउन ३० गते जनकपुरधाम आउने कार्यक्रम तय भएको हो ।


२३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा बनेको सुविधासम्पन्न भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

भवन निर्माणको जिम्मेवारी शिवालय सुवेदी जेभीले २०८० असोज १० गते लिएको थियो भने सम्झौता अवधि २०८२ असार मसान्तसम्मको रहेको थियो ।

भवनको निर्माण कार्य समयमै सम्पन्न भएको हो । यसअघि प्रदेश प्रहरी भवन भाडामा लिइएको भवनमा रहेको थियो ।

प्रधानमन्त्री ओलीको भ्रमणलाई दृष्टिगत गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया