नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (CRBT) सेवा अवरुद्ध

Jasus Khabar 3925+ समाचार ( )
१८ भाद्र २०८२

 नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (CRBT) सेवामा प्राविधिक समस्या आएकाले हाल उक्त सेवा अवरुद्ध भएको छ।

कम्पनीले एक प्रेस नोट जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सेवा बन्द रहने जानकारी गराएको छ।

टेलिकमले यथाशीघ्र समस्या समाधानको प्रयास भइरहेको र यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।


प्रतिक्रिया