अजमल अन्सारी>
सुनसरी । विशेष सूचनाका आधारमा सुनसरीका विभिन्न स्थानमा गरिएको संयुक्त प्रहरी अपरेशनबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।>
लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय लौकही र इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका शंकास्पद व्यक्ति तथा मोटरसाइकल चेकजाँच गर्दा लागू औषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।>
>
जिल्ला धनकुटा छथर जोरपाटी–१ का २९ वर्षीय दिलिप गजमेर (विश्वकर्मा) को साथबाट २३.३६० ग्राम, धनकुटा पाख्रीबास–९ का २७ वर्षीय रोशन तिम्सिनाको साथबाट १.७०० ग्राम र सप्तरी महादेवा गापा–२ का २२ वर्षीय मुकेश कुमार मण्डल र तिलाठी–८ का २८ वर्षीय सन्तोष कुमार मण्डलको साथबाट २.०५ ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।>
>
बरामद लागू औषध र प्र.१-०२-०५६ प ८०७४ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जम्मा २७.६५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको हो ।>
>