आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Jasus Khabar 3959+ समाचार ( )
२३ भाद्र २०८२

 आज चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएका हुन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा केरा व्यवसायी कृषकका समस्याका सम्बन्धमा अर्थ, कृषि तथा पशुपंक्षी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ। बैठक दिउँसो १२ः३० बजे सुरु हुनेछ।

बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने माननीयज्यूहरुसँग छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्य सम्बन्धी समसामयिक विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल हुनेछ। बैठक बिहान ११ः३० बजे सुरु हुनेछ।

त्यस्तै, विहान ९ः०० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदा बारेमा छलफल हुने कार्यसूची छ।

प्रतिक्रिया