जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो

Jasus Khabar 3945+ समाचार ( )
२९ भाद्र २०८२

जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुगेको छ।  यही भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको पनि मुत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन्।  आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर कुल ५५ जनाको मृत्यु भएको हो।

जेनजीतर्फ २१ जना, कैदी नौजना, नेपाल प्रहरीका सहायक निरीक्षकसहित तीन जनाको आन्दोलनको क्रममा मृत्यु भएको घिमिरेले जानकारी दिए। आन्दोलनका क्रममा १८ जनाको भने आगलागीमा परेर, करेन्ट लागेर मृत्यु भएको हो। कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ। जेनजी आन्दाेलनमा एकजना भारतीय नागरिककाे पनि मृत्यु भएकाे छ।


प्रतिक्रिया