अजमल अन्सारी>
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–३ नहरचोकमा लागू औषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन्।>
मंगलबार राति ९ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सितागञ्जबाट खटिएको प्रहरी टोलीले भिमपुरबाट अमडुवा तर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५१२६ नम्बरको पिकअप गाडी जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला पारेको हो।>
>
प्रहरीका अनुसार पिकअप गाडीको डालामा लुकाएर राखिएको ६ वटा बोरामा जम्मा १९९.३ केजी लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको छ।>
>
पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ का ३३ वर्षीय उद्धव भण्डारी र ३० वर्षीय कबिराज राई रहेका छन्। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>
>
घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको र लागू औषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।>
>