नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तिका प्रतिनिधिसभा बैठकमा च्यातेका छन्। >
सरकारले ल्याएको बजेटले जनताको भावनालाई समेट्न नसेकेको र एकाधिकार कायम गर्न खोजेको भन्दै सांसद थापाले सदनमा बजेटको रातो किताब च्यातेका हुन्। >
जनताबाट उठेको राजस्वबाट बनेको बजेट जनताप्रति उत्तरदायी नरहेकाले मन नपरेर रातो किताब च्यातेको उनले बताए। >
उनले सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप समेत लगाए। >
>>>>
>>>>
>>>>>