टाइसन र कर्मालाई स्वर्ण

Jasus Khabar 3959+ समाचार ( )
२९ श्रावण २०८२

नेपालका टाइसन आले र कर्मा वाङ्गेल तामाङले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । थाइल्यान्डको पटायामा भएको प्रतियोगितामा टाइसनले ग्योरोगीको पुरुष ३६ केजीमुनिको तौल समूह र कर्माले पुरुष १२ वर्षमुनिको एकल पुम्सेमा स्वर्ण पदक जितेका हुन् ।

टाइसन र कर्माको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । ललितपुरको गोदावरीको पुष्पाञ्जली सेकेन्डरी स्कुलमा अध्ययनरत उनीहरूले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण पदक जितेका हुन् । उनीहरूको प्रशिक्षकको भूमिकामा अशोक लामा बोमजन पनि थाल्यान्ड गएका थिए ।


प्रतिक्रिया