मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध

Jasus Khabar 3925+ समाचार ( )
४ श्रावण २०८२

पाँचथरकाे हेवा खाेलाकाे डाइभर्सनमा बाढीले क्षति पुर्‍याएपछि मेची राजमार्ग अवरूद्ध भएकाे छ ।

वर्षासँगै आएकाे बाढीले बेलिब्रिज बगाउनुका साथै बन्दै गरेको मोडुलब्रिज पनि भाँचिएरपछि डाइभर्सनमा क्षति पुगेकाे हाे । राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएकाे छ ।

mechi-rajmarga-1752981404.jpg
त्यस्तै बाढीका कारण तमोर करिडोर, मध्यपहाडी लोकमार्ग, फिदिम फालोट सडक खण्डसमेत अवरुद्ध भएको छ । भने, रवि–दमक सडक खण्ड पनि अवराेध भएकाे छ ।

जिल्लाका अन्य ठाउँमा पनि सडक अवरूद्ध भएकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी कौशल बुढाथोकीले शिलापत्रलाई जानकारी दिए ।

hewa-khola--3-1752981876.jpg
 

प्रतिक्रिया