वैवाहिक बलात्कार मुद्दामा जिल्लाबाट दोषी ठहरिएका न्यायाधीश भुवन गिरीले उच्च अदालतबाट पाए सफाई

Jasus Khabar 3945+ समाचार ( )
३० चैत्र २०८१

काठमाडौं । वैवाहिक बलात्कारमा जिल्ला अदालतबाट दोषी ठहर भएका जिल्ला न्यायाधीश भुवन गिरीले उच्च अदालतबाट सफाई पाएका छन् । वैवाहिक बलात्कार मुद्दामा आइतबार उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।

जिल्ला अदालत काठमाडौंले करिव एक वर्ष अघि गत जेठमा दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौंले गिरीलाई सात वर्ष कैद सयाज र तीन लाख जरिवानाको सजाय सुनाएको थियो । जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए भने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पनि माग दाबी अनुसार सजायको फैसला नभएको भन्दै उच्च अदालत पाटनमा नै रिट दायर गरेको थियो ।

पुनरावेदन रिटमाथि आइतबार भएको सुनुवाइपछि जिल्लाको आदेश उल्टी गर्दै गिरीलाई सफाइ दिइएको उच्च अदालत पाटनका सूचना अधिकारी समेत रहेकी शाखा अधिकृत पार्वती हितानmले  जानकारी दिए ।

सम्बन्ध विच्छेदपछि पनि पूर्व श्रीमतीलाई सहमति विना यौन सम्बन्ध राखेको भन्दै उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो । गिरीलाई जिल्ला अदालतले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि न्यायाधीश पदबाट निलम्बित भइसकेका छन् ।

प्रतिक्रिया