प्रचण्ड शौचालयमा लडेर घाइते

Jasus Khabar 3925+ समाचार ( )
२४ वैशाख २०८२

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाइते भएका छन् ।

उनी गएराति खुमलटारस्थित निवासको शौचालयमा लडेर घाइते भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको टाउको र निधारमा चोट लागेको छ। उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो।

टाँचा तथा अन्य उपचार गरी उनी डिस्चार्ज भएको र अवस्था सामान्य रहेको पारिवारिक स्रोतको भनाई छ।

प्रतिक्रिया