रसिला तामाङलाई माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि

Jasus Khabar 3959+ समाचार ( )
१६ आषाढ २०८२

अल्ट्रा रनर रसिला तामाङले माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन्। म्यानमारमा भएको ५० किलोमिटर दुरीको अल्ट्रा रनमा रसिलाले पुरुष धावकहरूलाई समेत पछाडि पार्दै ओभरअलमै पहिलो भएकी हुन्। 

सन् २०२३ मा भएको एसिया ट्रायल मास्टर्स महिला च्याम्पियनसिपमा पहिलो स्थान हासिल गरेर इतिहास बनाएकी रसिलाले ६ घन्टा १८ मिनट ५१ सकेन्डमा दौड पूरा गरिन्। रसिलाले जितपछि कोरोस घडीसहित अन्य गिफ्ट ह्याम्पर प्राप्त गरिन्। सोही दूरीमा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने पाइङ ओले सात घन्टा ३८ मिनेट ४२ सकेन्ड समय लगाएका थिए। महिलातर्फ दोस्रो हुने यीयीले नौ घन्टा नौ सकेन्डमा दौड पूरा गरिन्। साराह सेङ तेस्रो भइन्। पुरुषतर्फ ज्याक स्पिड दोस्रो र अङ टुन लिन तेस्रो स्थानमा रहे। 

यस जितसँगै रसिलाले अक्टोबर ४ तारिखमा भियतनाममा हुने एटीएम च्याम्पियनसिप फाइनलमा चयन भएकी छन्। रसिलाले जितपछि ओभरअलमै जित प्राप्त गर्दा निकै खुसी लागेको बताइन्। उनले व्यवस्थित रुपमा रेस आयोजना गरेको भन्दै आयोजकको प्रशंसा पनि गरेकी थिइन्।

प्रतिक्रिया