आज ‘विश्व फोटोग्राफी दिवस’ मनाइँदै

Jasus Khabar 3959+ समाचार ( )
३ भाद्र २०८२

आज ‘विश्व फोटोग्राफी दिवस’ विश्वभर विभिन्न प्रकारको कार्यक्रमहरु गरि मनाइन्छ।

हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा फोटोग्राफीमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ।

संसारमा सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो। त्यसबेला जोसेफ नाइस्पार नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए।

हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो। त्यतिबेला एउटा तस्वीर खिच्न निक्कै समय लाग्थ्यो। तर अहिलेको अवस्था त्यस्तो छैन्। त्यसबेला देखि अहिले सम्म फोटोग्राफीको तरिका र स्तरमा धेरै परिवर्तन भएको छ।

फोटोग्राफीको विकासक्रम हेर्ने हो भने पहिला रिल वाला क्यामराबाट फोटो खिचिन्थ्यो त्यसपछि डिजिटल क्यामरामा आयो र अहिले हात हातमा फोन अनि फोनको क्यामरा गरि फोटोग्राफीको स्तरीय बढ्दै गएको छ।

आजको समयमा फोटो खिच्नु कुनै गाह्रो काम होइन, हामीले जुनसुकै बेला आफ्नो फोनबाट कुनैपनि पललाई कैद गर्न सक्छौ।


प्रतिक्रिया

सम्बन्धित समाचार