गत फागुन २९ गते हराएकी १३ वर्षिय गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ । >
गोलबजार नगरपालिका ९ गोविन्दपुर गाउँकी बालिका गुलशना गत २९ गते फागुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी फर्किनन् ।>
बताएका छन् ।>
>
छोरीको लास फेला परेको खबरले आमा जाहेदा खातुन र उनका परिवार स्तब्ध छन् । आमा जहेदा इन्तु न चिन्तु भएकी छिन् । गोबिन्दपुर गाउँ नै शोकाकुल भएको छ ।>
>
उनले प्रहरीले आफु र आफ्नो परिवारलाई गुमराहमा राखेको आरोप लगाइन् । उनले भनिन् , बालिका भेटि सकिएको छ , चाडै घर ल्याइदिन्छौ भनेर आश्वासन दिएका थिए । तर अहिले सग्लो लास पनि दिन सकेनन् । प्रहरीले बालिकाको खोजीमा मेहनत गरेको भए आफ्नी छोरी जीवितै भेटिन्थ्यो भन्दै उनले प्रहरीले वास्तै नगरेको आरोप लगाइन् ।>
>
मृत गुलशना खातुन स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् । त्यस अघि उनी स्थानीय मदर्सामा पढथिइन् ।>>