तेली कल्याण समाज विराटनगरको अध्यक्षमा संजय कुमार साह

Jasus Khabar 1+ समाचार ( )
१८ भाद्र २०८०

विराटनगर । तेली कल्याण समाज नेपाल विराटनगर महानगरको अध्यक्षमा संजय कुमार साह चयन भएका छन् ।विराटनगरमा भएको प्रथम अधिवेशनबाट साह अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा नन्द गोपाल साह, सचिब जगत लाल साह, सहसचिब श्रृजना कुमारी साह र कोषाध्यक्षमा सरिता साह रहेका छन् ।

सदस्यहरुमा चन्द्र किशोर साह, संजीव कुमार साह, ललित कुमार साह, कमल साह, गंगा प्रसाद साह, ममता कुमारी साह, सत्य नारायण साह, मनिता साह र रेणु कुमारी साह रहेकी छिन् । सोही अवसरमा केही दिन अगाडी आयोजना गरिएको निबन्ध प्रतियोगिताको बिजेताहरुलाई पनि पुरस्कार वितरण गरियो । प्रतियोगिताको प्रथम बिशांक साह, द्धितीय पुजा कुमारी साह र राखि कुमारी साह भइन् । उनीहरुले क्रमशः ६ हजार, ३ हजार र २ हजार पाए ।

कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहेका थिए । कार्यक्रममा तेली कल्याण समाज नेपालका अध्यक्ष डा. बालकृष्ण साह, नेपाल वैश्य सेवा संघ मोरङ्ग वरिष्ठ सल्लाहकार राजेश गुप्ता, उपाध्यक्ष महेश कुमार साह, मारवाडी युवा मंच अध्यक्ष जय शर्मा, अप्पन बिराट परोपकार समाज अध्यक्ष बसुन्धरा झा, नेपाल सोनार समाज अध्यक्ष राजाराम साह, काइस्त समाज सचिव पंकज कुमार वर्मा, बलभद्र सेवा समाज कोषाध्यक्ष राजेश कुमार भगतलगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रममा बोल्दै तेली कल्याण समाज नेपालका अध्यक्ष डा. साहले आफ्नो हकअधिकार स्थापित गर्नको लागि तेली सामुदायहरु संगठीत भएर अगाडि बढनुपर्ने बताए । २०५४ सालमा स्थापित भएको तेली समाज देशभरीको १६ वटा जिल्लाहरुमा रहेको उनले बताए । मोरङको आधा दर्जन स्थानीय तहमा तेली समाज गठन भएको उनको भनाई छ ।

कार्यक्रममा ४ सय बढी तेली समाजको उपस्थीति रहेको थियो । बन्द शत्रमा निर्वाचन समिति संयोजकमा नरेन्द्र साह र सदस्यहरुमा वैद्यनाथ साह, चन्द्र नारायण साह रहेका थिए ।

प्रतिक्रिया