कतारमा इरानी मिसाइल प्रहारपछि नेपाली दूतावासले के भन्यो ?

Jasus Khabar 3958+ समाचार ( )
९ आषाढ २०८२

काठमाडौँ । कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि दोहास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

दूतावासले सोमबार राति फेसबुकबाट एक सार्वजनिक सन्देश जारी गर्दै कतारमा रहेका नेपाली हरूलाई हालको परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै शान्तिपूर्ण रूपमा यथास्थानमै रहन अपिल गरेको हो। साथै, दूतावासले कतार सरकारका आधिकारिक सूचना र निर्देशनहरूको पालना गर्न समेत अनुरोध गरेको छ।

राजदूतावासले भनेको छ, 'वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ । कृपया शान्तपूर्वक रहनुहोस् र कतार सरकारको आधिकारिक सूचना तथा निर्देशन पालना गर्नुहोस्।'

Laxmi sunrise bank 2034

सन्देशमा दूतावासले आफू सधैँ त्यहाँ रहेका नेपालीहरूको साथमा रहेको उल्लेख गर्दै आवश्यक परेको खण्डमा सम्पर्क गर्न सकिने समेत स्पष्ट पारेको छ।

Shivam Cement

कतारमा झण्डै ४ लाख नेपालीहरू विभिन्न पेशा तथा क्षेत्रमा कार्यरत छन्।

प्रतिक्रिया