बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।>
बर्दिया नगरपालिका-४ का १०/ ११ वर्षका सुमित थारु बबई नदीमा नुहाउन गएका बेला शनिबार दिउँसो साढे १२ बजे जिरा सामुदायिक वन नजिकै बाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो ।
>
उनलाई उपचारका लागि बर्दियाकै जयनगरस्थित आरसी थारु मेमोरियल अस्पताल लगिएकामा शनिबार दिउँसो उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।
>
>>