पाठक उपरथीमा बढुवा, श्रेष्ठ र कार्की बने सहायक रथी

Jasus Khabar 1+ समाचार ( )
२१ अशोज २०८१

नेपाली सेनामा सहायक रथीका रूपमा हरेन्द्र पाठकलाई बढुवा गरिएको छ।

असोज १८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यो बढुवा भएको हो। सोमबार सैनिक मुख्यालय भद्रकालीमा प्रधानसेनापति अशोकराज सिग्देलले उहाँलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।


बढुवापछि उपरथी पाठक नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त भएका छन्। यसै क्रममा महासेनानी मनिकुमार श्रेष्ठ र विष्णुबहादुर कार्कीलाई पनि सहायक रथीमा बढुवा गरिएको छ।


त्यसैगरी, प्राविधिक प्रमुख सेनानीका रूपमा डा। निरव कायस्थ, प्रमुख सेनानी प्रशान्त बज्राचार्य, रित बहादुर रानाभाट, सरोज राना र सुशील महतलाई महासेनानीमा बढुवा गरिएको छ। उनीहरूलाई पनि सोमबार नै दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार