भारतीय नम्बरको कारमा लुकाई छिपाई राजधानी काठमाडौं तर्फ लागिरहेको ठूलो परिमाणको लागूऔषधका साथ एक भारतीयसहित दुई जना पक्राउ परेका छन् ।>
बाराको इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कारमा लुकाएको प्रतिबन्धित लागूऔषध ट्रमाडोल क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको हो ।>
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला अरेराज मलाही वडा ११ का २३ वर्षीय कार चालक नितिश कुमार ठाकुर र वीरगंज महानगरपालिका १६ का २६ वर्षीय सिद्धान्त प्रसाद पटेल रहेको जिल्ला प्रहरी बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखाना लाई बताएका छन् ।>
सई टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले इलाका प्रहरी कार्यालय अमलेखगंज अगाडि वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको भारतीय नम्बर विआर ०५ बिए ४८१७ को चेकजाँच गर्दा पछाडिको सिटमुनी फल्स बटम बनाई लुकाइराखेको २ हजार ९६५ पत्ता० २९हजार, ६५ नशालु क्याप्सुल बरामद गरेको हो प्रवक्ता पण्डितले जानकारी दिएका छन्।>
मंगलबार साँझ पक्राउ परेका दुवै जनालाई लागूऔषध र कार सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।>
बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा संचालित लागूऔषध कारोबार नियन्त्रण अभियान अन्तर्गत जिल्लाको विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ।>
मकवानपुरको बिकट ठाउँमा उत्पादित लागूऔषध गाँजा, चरेस, अफिम, तस्करहरूले विभिन्न चोर बाटो हुँदै भारतीय क्षेत्रमा पुर्याउने गर्दछन् भने भारतमा उत्पादित नशालु इन्जेक्सन, ट्याब्लेट र सिरप राजधानी काठमाडौं सम्म पुर्याउने गर्दछन् । >
मधेश प्रदेशको ८ जिल्ला मध्ये सबै भन्दा बढी बारा प्रहरीले लागूऔषध नियन्त्रण तर्फ सक्रियता देखाउँदै यस आर्थिक वर्षको साउन देखी चैत मसान्तसम्म ९ महिनाको अवधिमा १०४ जना कारोबारी लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।>>