साउदी पुगेर ट्रम्पले गरे अर्बौं डलरको सम्झौता, बोइङको हकमा किन ठूलो ?

Jasus Khabar 3925+ समाचार ( )
२ जेठ २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका आमीर शेख तमिम बिन हमाद अल थानीसँग अर्बौं डलरको सम्झौताहरूमा हस्ताक्षर गरेका छन् । यसले दुई देशबीच कम्तीमा १.२ ट्रिलियन डलरको आर्थिक विनिमय सुनिश्चित गर्ने लक्ष्य लिएको छ । 

बोइङ कम्पनीसँग ९६ अर्ब डलर मूल्यको ड्रिमलाइनर र ७७७एक्स विमानहरूको अर्डर, जीएई एरोस्पेस इन्जिनलाई प्राथमिकता दिँदै कतार एयरवेजका लागि २१० विमान खरिद गर्ने प्रस्ताव र अल उदैद एयर बेसको पूर्वाधार सुधारका लागि ३८ अर्ब डलर लगानी योजना सम्झौतामा समावेश छन् । साथै, रक्षा र व्यापार क्षेत्रमा थप २४३.५ अर्ब डलरबराबरका आर्थिक सम्झौता पनि घोषणा गरिएको छ ।

कतारसँग भएकामध्ये बोइङसँगको १६०–२१० विमान खरिद सम्झौता सबैभन्दा ठूलो मानिएको छ, जसको मूल्य करिब ९६ अर्ब डलर उल्लेख गरिएको छ । बोइङले विगतभन्दा ६० प्रतिशत अर्डर कमी र सुरक्षा संकट झेलिरहेको बेला यो सम्झौतालाई बोइङ र जीएई एरोस्पेस दुवैका लागि ठूलो उपलब्धिका रूपमा हेरिएको छ ।

दोहामा ट्रम्पको भव्य स्वागत गरिएको थियो । त्यहाँ उनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेट र सम्झौतापत्रमा हस्ताक्षर गरे । यसअघि साउदी अरबको भ्रमण गरेका ट्रम्पले अब टर्की र सिरियाली अधिकारीहरूसित बैठक गर्नेछन् । छलफलमा सिरियामाथि अमेरिकी प्रतिबन्ध हटाउने विषयमा छलफल हुने बताइएको छ । ट्रम्पको तीनदेशीय खाडी क्षेत्र भ्रमण बिहीबार यूएईमा सम्पन्न हुनेछ । 

प्रतिक्रिया