आफू जनयुद्धको भन्दा अहिले बढी व्यस्त : प्रधानमन्त्री

Jasus Khabar 1+ समाचार ( )
१६ जेठ २०८०

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई जनयुद्धको भन्दा अहिले बढी व्यस्त भएको बताएका छन्।

उनले भने, ‘अहिले संसदीय दलको बैठक छ। त्यसपछि क्याबिनेटको बैठक छ। भ्रमणको तयारीका लागि। अहिले दिनदिनै क्याबिनेट बसिरहेको छ। जीवनको यो अवधिमा तपाईँहरूले हेर्नुभयो भने युवा अवस्थामा भन्दा सक्रिय छु। केही राम्रो गर्न हाम फाल्नुपर्‍यो मेहनत नगरी राम्रो हुँदैन।


पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन क्रममा उनले बिहानेदेखि बेलुकासम्म युद्धको बेलामा भन्दा चर्को भइरहेको बताए।

प्रतिक्रिया