सुनसरी : इटहरी उपमहानगरपालिका–२, हवाई चोकस्थित हटिया बजारमा सामान किन्न गएकी महिलाको सुनको सिक्री लुछ्ने दुई जना पक्राउ परेका छन्।>
पक्राउ पर्नेमा जिल्ला पर्सा, वीरगन्ज महानगरपालिका–२० का २२ वर्षीय सुनिल कुमार राय र अर्का ११ वर्षीय वालक रहेका छन् ।>
शुक्रवार साँझ करिब ७ः३० बजे इटहरी–३ की ४७ वर्षीया बेद कुमारी खड्का हटियामा सामान किन्दै गर्दा उनको गलामा लगाएको १ तोला सुनको सिक्री लुछेर चोरहरू भागेका थिए।>
>
घटनाबारे जानकारी प्राप्त हुनासाथ सामुदायिक प्रहरी बिट हवाई चोकबाट प्रहरी सहायक निरीक्षक हिमालय कुमार मगरको नेतृत्वमा खटिएको टोलीले चोरहरूलाई घटना स्थल नजिकैबाट पक्राउ गरेको छ ।>
>
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय, इटहरीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।>>