सुनसरी - गोल्डेन अस्पतालले आफ्नो १४औं वार्षिकोत्सव मनाएको छ । अस्पतालको सभाहलमा आइतबार विशेष कार्यक्रमको आयोजना गर्दै हस्पिटलले आफ्नै नयाँ भवनमा वार्षिकोत्सव मनाएको हो ।>
अस्पतालकी अध्यक्ष तथा निर्देशक आरती आनन्द रौनियार र सञ्चालक तथा प्रबन्ध निर्देशक डाक्टर श्यामकुमार रौनियारले केक काटेर वार्षिकोत्सवको खुसी साटासाट गरेका थिए>
कार्यक्रममा बोल्दै सञ्चालक रौनियारले विभिन्न उतारचढावका बीच गोल्डेनले आफ्नो सेवा अनवरत रूपमा अगाडि बढाएको सुनाए ।>
एउटा भाडाको घरबाट थालिएको गोल्डेन हस्पिटलले अहिले आफैं खुट्टामा उभि सुबिधासम्पन्न भवनबाट १०० शैय्याको सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।>
गोल्डेन अस्पतालका सिइओ ज्याबुल हकले उपचारका लागि आउने ४० प्रतिशतभन्दा बढी बिरामी भारतीय भएको बताए बाँकी नेपाली भएका जानकारी दिनुभयो। >
यस्तै वरिष्ठ फिजिसियन तथा किड्नी रोग विशेषज्ञ रमेशकुमार चौरासियाले औसत खर्चमा उपचार गराइरहेको सुनाए ।अस्पतालका विशेषज्ञ डाक्टर, कर्मचारी तथा विद्यार्थीहरू उपस्थित रहेको थियो ।>>