भारत–पाकिस्तान युद्धविराम : उडानका लागि ३२ विमानस्थल खोलियो

Jasus Khabar 3959+ समाचार ( )
२९ वैशाख २०८२

 भारत–पाकिस्तान युद्धविरामपछि सोमबार सबै बन्द विमानस्थलहरू खोलिएका छन्। मे ७ (बुधबार)मा भारत–पाकिस्तान तनावको बीचमा यी विमानस्थ मे १५ (बिहीबार)सम्म अस्थायी रूपमा बन्द गरिएको थियो।

भारतीय विमानस्थल प्राधिकरणले विज्ञप्ति जारी गर्दै नागरिकका लागि बन्द गरिएका ३२ विमानस्थल सञ्चालन भएको जनाएको छ।  विज्ञप्तिमा यात्रुहरूलाई यी विमानस्थलमा उडानको लागि सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन र नियमित अपडेटको लागि  एयरलाइन्सको वेबसाइटमा हेर्न सल्लाह दिइएको छ।इन्डिगो एयरलाइन्सले नागरिकहरुका लागि उडान खोलिएको जनाएको छ। कम्पनीले सेवाहरू सामान्य हुन केही समय लाग्न सक्ने पनि बताएको छ। एयरलाइन्सले यात्रुहरूलाई विमानस्थल पुग्न सल्लाह दिएको छ।


प्रतिक्रिया