अजमल अन्सारी>
सुनसरी । जिल्ला अदालत सुनसरी ईनरुवाले सवारी दुर्घटना सम्बन्धी क्षतिपूर्तिको मुद्धामा २०७८ साल भदौ २४ गते फैसला सुनाएको घटनामा फरार रहँदै आएका प्रतिवादी सोभालाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।>
सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका–१४ निवासी ५० वर्षीय चौधरीलाई मंगलवार ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले उनकै घरबाट नियन्त्रणमा लिएको हो।>
>
सवारी दुर्घटनाबाट अंगभंग र क्षति पुर्ती सम्बन्धी मुद्धामा अदालतले उनलाई छ लाख एक्काइस हजार सात सय रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसला पश्चात चौधरी फरार रहेका थिए।>
>
पक्राउ परेका चौधरीलाई तत्काल इप्रका पकलीमा राखी सम्बन्धित कार्यालयमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चौधरीविरुद्ध अदालतको फैसला कार्यान्वयनका लागि लामो समयदेखि खोजी कार्य जारी रहेको थियो।>
>