स्रष्टा राजवंशीका ‘छाेरीकाे साहस’ र ‘अनुभूतिका लहरहरू’ काे परिचर्चा

Jasus Khabar 3925+ समाचार ( )
४ आषाढ २०८२

सुनकोसी वाङ्मय प्रतिष्ठानले साहित्यकार राधादेवी राजवंशीका ‘छोरीको साहस’ कथासङ्ग्रह र  ‘अनुभूतिका लहरहरू’ कवितासङ्ग्रहकाे परिचर्चा गरेको छ।

दिपक लोहनीले परिचर्चा गर्दै २२ विभिन्न शिर्षकका कथा समेटिएका छोटा कथाहरु रहेको बताए। उनले कथामा शैक्षिक, सामाजिक, साँस्कृतिक जस्ता विविध विषयवस्तु समेटिएको बताए। उनले सामाजिक यथार्थवादी धार समाएर लेखिएकाे र कथाकारले अझै बढी मिहेनत गर्नुपर्नेमा जोड दिए।

अर्का चर्चाकार ध्रुर्वराज थापाले राजवंशीका कथाहरुले समाजका विसङ्गतिहरु बोध गर्ने कथाहरु रहेका छन्। कथाले भोगाइलाई सुन्दर रूपमा प्रस्तुत गरेकाे बताए।

यसैगरी प्राडा शैलेन्दुप्रकाश नेपालले राजवंशीको कवितासंग्रहकाे कृतिमा कविता, बालकविता र भजन गरी  तीन खाले  ५० कविता  समेटिएकाे बताए।

सर्जक राधादेवी राजवंशीले आफ्नो लेखन गर्भबारे बताउँदै चार दशकको शिक्षण पेशाबाट निवृत्त भएपछि लेख्ने हुटहुटी जागेको बताइन्।

कार्यक्रममा प्राडा गार्गी शर्मा,श्रीओम श्रेष्ठ ‘रोदन’,राधेश्याम लेकाली लगायतले शुभकामना मन्तव्य राखेका थिए।

मिडिया पार्टनर इखबर नेटकाे सहकार्यमा भएकाे कार्यक्रममा सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता तथा कोषाध्यक्ष तारा केसीको सञ्चालनमा परिचर्चा भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार