६० किलो गाँजासहित मोटरसाइकल फालेर फरार

Jasus Khabar 3925+ समाचार ( )
१० श्रावण २०८२

सुनसरी । लागू औषध ओसारपसारमा संलग्न समूहले प्रहरी देख्ने बित्तिकै मोटरसाइकलसहित ६० किलो गाँजा फालेर फरार भएका छन् । 

शुक्रवार राति ९ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको टोलीले सुनसरीको देवानगंज गाउँपालिका–३ खत्वे टोलस्थित नहर नजिक चेकजाँचको क्रममा सो परिमाणको गाँजा बरामद गरेको हो ।

प्रहरी टोलीलाई देखेपछि देवानगंजबाट कप्तानगंजतर्फ गइरहेको एक अज्ञात नम्बरको मोटरसाइकल फालेर चालक फरार भएको जनाइएको छ । 

मोटरसाइकलको पछाडि राखिएका दुई वटा सेतो बोरा फालिएको अवस्थामा भेटिएपछि खोल्दा, एक बोरामा रातो प्लास्टिकमा बेरिएको र अर्को बोरामा खुल्ला अवस्थामा गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको गाँजाको तौल ६० किलो रहेको छ । हाल उक्त गाँजा लागू औषध सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर अनुसन्धान भइरहेको छ भने फरार चालक र मोटरसाइकलको खोजी भइरहेको छ ।

प्रहरीले ओसारपसारमा संलग्न समूहको पहिचान गरी कारबाही अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया