लुम्बिनीमा दुई समूहका युवा बीच झडप, पेस्तोलसहित दुई जना पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
१२ जेठ २०८२

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११, जितवापुर गाउँमा दुई समूहका युवा बीच झडप हुँदा प्रहरीले दुई जनालाई पेस्तोलसहित पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराठीका अनुसार गएराति भएको झडपका क्रममा एकजना युवक घाइते भएका छन् भने घटनास्थलबाट पेस्तोल बरामद गरिएको हो।झडपमा संलग्न दुई युवालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ। घाइते युवकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको विस्तृत विवरण आइतबार जिल्ला प्रहरी कार्यालयमार्फत सार्वजनिक गरिने जनाइएको छ।


प्रतिक्रिया