एनसेल खरिदबिक्री प्रक्रियामा गलत भएकै भनेर सरकारले छानबिन समिति गठन गरेको : प्रधानमन्त्री

Jasus Khabar 1+ समाचार ( )
३ पौष २०८०

एनसेल खरिदबिक्री प्रक्रियामा गलत भएकै भनेर सरकारले छानबिन समिति गठन गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सुझावका आधारमा सरकारले दूरसञ्चार प्रदायक कम्पनीको नियमन तथा सुधारका लागि आवश्यक कदम चाल्ने उनले बताए ।

उनले भने- यो खरिदबिक्री स्वभाविक छैन भनेर नै निर्देशन दिएको हो । कहीँ त कहीँ गलत छ भनेर नै छानबिन समिति बनाइएको हो । सरकार यसमा प्रतिबद्ध छ ।


प्रतिक्रिया