सिद्धबाबा सुरुङ निर्माण गर्न १३ जेठदेखि विस्फोटको काम सुरु गर्ने निर्णय

Jasus Khabar 1+ समाचार ( )
११ जेठ २०८१

सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न १३ जेठदेखि विस्फोट गराउने काम सुरु गरिने भएको छ ।

आयोजनाका अनुसार २ जेठमा जिल्ला सुरक्षा समिति रुपन्देही र १० जेठको सुरक्षा समिति पाल्पाको निर्णय अनुसार १३ जेठदेखि विस्फोटको काम सुरु गर्ने निर्णय भएको हो । यो सुरुङमार्ग चाइना स्टेट इन्जिनियरिङले बनाइरहेको छ ।

नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोट गराइने र विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवगमन रोकिने आयोजनाले सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । 

प्रतिक्रिया