सुनसरी प्रहरीको स्वीप अपरेसन: १२० जना नियन्त्रणमा, ब्राउन सुगरसहित लागू औषध बरामद

Jasus Khabar 3926+ समाचार ( )
११ वैशाख २०८३

अजमल अन्सारी
सुनसरी। जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत इकाइहरूले सञ्चालन गरेको विशेष “स्वीप अपरेसन” अन्तर्गत १२० जनालाई नियन्त्रणमा लिइएको छ।

मिति २०८३ वैशाख ९ गते साँझ ६ बजेदेखि १० गते बिहान ६ बजेसम्म तथा पुनः १० गते साँझ ६ बजेदेखि ११ गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको अपरेसनमा लागू औषध कारोबार, सेवन तथा समाजमा अशान्ति फैलाउने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मध्ये ११५ जना पुरुष र ५ जना महिला रहेका छन्। तीमध्ये १५ जनालाई सुधार केन्द्र पठाइएको छ भने ७६ जनालाई सम्झाइबुझाइ आफन्तको जिम्मा लगाइएको छ।

लागू औषध सम्बन्धी मुद्दामा २ जनाविरुद्ध मुद्दा दर्ता गरिएको र १ जना फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ।

यस्तै, २६ जनामाथि थप अनुसन्धान भइरहेको छ। अपरेसनका क्रममा २६.५६ ग्राम ब्राउन सुगर र ४४ पिस ट्याब्लेट समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न यस्ता अपरेसनलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया