बढी भाडा नलिन राइड सेयरिङलाई चेतावनी

Jasus Khabar 3958+ समाचार ( )
२० जेठ २०८२

सार्वजनिक यातायात बन्दको समयमा राइड सेयरिङ सेवाले बढी भाडा लिएको पाइएपछि प्रहरीले बढी भाडा नलिन चेतावनी दिएको छ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयले बढी भाडा नलिन चेतावनी दिँदै लिइएको पाइएमा ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा फोन गरेर जानकारी गराउन अनुरोध गरेको छ।

‘राइड सेयरिङमा बढी भाडा लिने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौं’, प्रहरीले सूचनामा भनेको छ।

सूचना–


प्रतिक्रिया