इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका-२ भुटाहास्थितमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छिन् । आफ्नै घरको बरन्डामा स्थानीय जाहिर मियाको १९ वर्षीया छोरी निखत खातुनले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
>
घरमा राती सबैले सुतेको बेलामा प्लास्टिकको डाेरीको पासो लगाएर खातुनले आत्महत्या गरेको र बिहान् परिवारले प्रहरीलाई जानकारी दिएको थियो।>
घटनाको कारण हालसम्म खुल्न नसकेको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए । >
सुनसरी प्रहरीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दिनेश अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा कुनैपनि चोटपटक नलागेको, आत्महत्या गरेको देखाएको र थप अनुसन्धान भइरहेको बताउनुभयो । खातुनको शव पोष्टमार्टमका लागी बिराटनगर स्थित कोशी अञ्चल अस्पताल अस्पताल पठाइएको छ ।>
खातुन भुटाहास्थित जामिअतुल मुस्लिमात मदरसामा कक्षा-१० मा अध्ययनरत रहेको र यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा दिएका थिए ।>>