गाजामा इजरायलले फेरि आक्रमण गरेको छ । उद्धारकर्ताहरूका अनुसार बिहीबार इजरायलले गरेको उक्त आक्रमणमा परी कम्तिमा ६९ जनाको मृत्यु भएको छ । इजरायलले पछिल्लो समय प्यालिस्टिनी क्षेत्रमा बमबारीलाई तीव्र बनाएको छ ।>
हमासको नागरिक सुरक्षा एजेन्सीका अनुसार गाजामा विस्थापित भएकाहरूको लागि बनाइएको आश्रयस्थलनजिकै भएको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ । त्यसमध्ये अधिकांश महिला र बालबालिका छन् ।>
बीबीसीका अनुसार इजरायली सेनाले भने त्यहाँ हमासका प्रमुख कार्यकर्तालाई निशाना बनाइएको बताएको छ । ठूलो संख्यामा हताहाती भएको खबरलाई इजरायली सेनाले झुठो भनेको छ ।>
मारिएकामध्ये ३८ जना सहायताका लागि लाइनमा रहेका या सहायता लिन गएको समयमा मारिएका छन् । इजरायल र हमासबीच युद्धविराम तथा बन्धकहरूको रिहाइसँग सम्बन्धित सम्झौतामा सहमत हुन दुवै पक्षमाथि दबाब बढीरहेको समयमा यो आक्रमण भएको हो ।>>