नेपाली मुस्लिम डाक्टरस एन्ड पारामेडिक्स असोसिएसनको अध्यक्षमा डा. सफिउर रहमान निर्वाचित, सबै समुदायको सेवामा प्रतिबद्धता

Jasus Khabar 3925+ समाचार ( )
८ आषाढ २०८२

 नेपाली समाजमा स्वास्थ्य क्षेत्रमा क्रियाशील चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको साझा संस्था नेपाली मुस्लिम डाक्टरस एन्ड पारामेडिक्स असोसिएसनको नयाँ नेतृत्व चयन भएको छ। हालै सम्पन्न अधिवेशनबाट पारस अस्पतालका सञ्चालक एवं जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. सफिउर रहमान संस्थाको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्।


विराटनगरस्थित परपल हेज होटलको सभा कक्षमा भव्यरूपमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षमा निर्वाचित डा. रहमानले भनाइ थियो –


> “संस्थाले कुनै एक धर्म वा समुदायका लागि मात्र होइन, सम्पूर्ण नेपाली नागरिकको स्वास्थ्य हक सुनिश्चित गर्न, सबै धर्म, जाति, वर्ग र समुदायबीच सहकार्य गर्दै काम गर्नेछ। साथै, स्वास्थ्यकर्मीको हक हित संरक्षण र पेशागत गरिमा कायम राख्न पनि संस्था समर्पित रहनेछ।”


संस्थाको महासचिवमा डा. अताबुल मन्सुरी निर्वाचित भएका छन्। नयाँ नेतृत्वले भविष्यमा स्वास्थ्य क्षेत्रमा आपसी सहयोग, पारस्परिक सम्मान र वैज्ञानिक सोचको विकास गर्दै सामाजिक सद्भावमा टेवा पुर्‍याउने अठोट व्यक्त गरेको छ।


कार्यक्रममा देशभरबाट आएका डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा विज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनले भावी कार्ययोजना तय गर्दै स्वास्थ्य शिक्षा, पहुँच र सेवा विस्तारमा संस्थाको भूमिकालाई अझ प्रभावकारी बनाउने निर्णय लिएको छ।


नवनिर्वाचित नेतृत्वलाई विभिन्न समुदाय, स्वास्थ्य क्षेत्रका अग्रजहरू तथा सामाजिक संघ–संस्थाहरूले बधाई ज्ञापन गरेका छन्।

प्रतिक्रिया