बराहक्षेत्रको सडक छेउमा बेवारिसे अवस्थामा भेटिएको मोटरसाइकल, प्रहरीको नियन्त्रणमा

Jasus Khabar 3925+ समाचार ( )
२० वैशाख २०८२

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाग खोलास्थित चतरा–धरान सडकखण्डको छेउमा बेवारिसे अवस्थामा एक मोटरसाइकल फेला परेको छ।


शुक्रबार मिति साँझ करिब ८ बजे स्थानीयवासीले सडकमै अब्यवस्थित रूपमा पार्क गरिएको अवस्थामा को २८ प ७१८६ नम्बरको कालो सेतो रङ्गको VR मोटरसाइकल देखेपछि ईलाका प्रहरी कार्यालय चतरामा खबर गरेका थिए।


सूचना प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक राजन खड्काको कमाण्डमा प्रहरी टोलीले सो मोटरसाइकल बरामद गरेर ईलाका प्रहरी कार्यालय चतरा सुनसरीमा ल्याइएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ।


बेवारिसे अवस्थामा भेटिएको उक्त मोटरसाइकलको हालसम्म धनीको पहिचान हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


प्रहरीले मोटरसाइकल धनी वा सम्बन्धित व्यक्तिलाई जानकारी भएमा ईलाका प्रहरी कार्यालय चतरा वा ९८६२०३०९५२ मा सम्पर्क गर्न आग्रह गरेको छ । 

प्रतिक्रिया