अझै खुलेन नारायणगढ-मुग्लिन सडक खण्ड, यात्रुहरू अलपत्र

Jasus Khabar 3925+ समाचार ( )
५ अशोज २०८२

 नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोलामा गएको पहिरो अझै हटाउन सकिएको छैन।

आइतबार बिहानैदेखि डिभिजन सडक कार्यालय भरतपुरको ३ वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ। तर अहिलेसम्मपनि पहिरो हटाएर सडक खुलाउन सकिएको छैन। माथिबाट पुनः पहिरो खसिरहेको कारणले गर्दा पनि पहिरो पन्छाउन थप चुनौती भएको हो।

शुक्रबार बेलुका साढे छ बजेदेखि पहिरोको कारण सडक खण्ड बन्द भएको थियो। बाटो बन्द हुँदा यात्रुहरू गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन्।

यस सडक खण्ड भएर गुड्ने सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्।


प्रतिक्रिया