सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन ३ हजार रुपैयाँ बढ्यो

Jasus Khabar 1+ समाचार ( )
२८ भाद्र २०८१

नेपाली   बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। 

सुनको मूल्य आज तोलामा ३ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ।


यो मूल्य हालसम्मकै उच्च हो। आज चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया