इजरायलको आपतकालीन सेवाले दक्षिणी इजरायली सहर बियर शेभामा रहेको एक आवासीय भवनमा क्षेप्यास्त्र प्रहार हुँदा तीन जनाको मृत्यु भएको बताएको छ।>
आपतकालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) ले यसअघि करिब ४० वर्षीय एक पुरुष, करिब ३० वर्षीय एक महिला र करिब २० वर्षीय एक पुरुष गम्भीर घाइते भएको बताएको थियो। >
एमडीएको प्रवक्ताले हल्कादेखि मध्यम चोटपटक लागेका अन्य छ जनाको उपचार भइरहेको जानकारी दिएका छन्।>
इजरायली रक्षा बलले इरानबाट इजरायलतर्फ प्रहार गरिएको क्षेप्यास्त्र पहिचान गरेर स्थानीय बासिन्दालाई बम आश्रयस्थलमा प्रवेश गर्न निर्देशन दिएको बताएको छ। एजेन्सी>>