प्रधानमन्त्री कप क्रिकेट: एपीएफको बलिङमा कोशी १३५ मा अलआउट

Jasus Khabar 1+ समाचार ( )
१ माघ २०८०

 प्रधानमन्त्री कप  क्रिकेटअन्तर्गत एपीएफको कसिलो बलिङ गरेपछि कोशी प्रदेश १३५ रनमा अलआउट भएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीका लागि फिदोर अन्सारीले ५५ रनको अर्धशतकीय पारी खेले ।

कप्तान अंकित १३ रनमा क्याच आउट भए भने सोनु अन्सारी २० रन बनाए । आशिष भट्टराईले १० र सोनु मण्डलले ११ रन बनाए । अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका लागि रोहित पौडेल र अभिनास बोहोराले समान ३/३ विकेट लिए । अमर रौतेलाले २ विकेट लिए, भुवन कार्की र श्याम ढकालले १/१ विकेट लिए ।

प्रतिक्रिया