घरायसी विवाद: इनरुवामा विष सेवन गरेकी महिलाको मृत्यु

Jasus Khabar 3958+ समाचार ( )
१६ वैशाख २०८२

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा घरायसी विवादका कारण विष सेवन गरेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।


गत २०८१ चैत २० गते इनरुवा–९ निवासी ४० वर्षीया निर्मला देवी साहुले घरायसी विवादका कारण Carbine नामक विषादी सेवन गरेकी थिइन्। विष सेवनपछि उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो। अस्पताल पुगेको बेला उनको अवस्था मध्यम रहेको र सामान्य बोल्न सक्ने अवस्थामा रहेको अस्पताल स्रोतले जनाएको थियो।


उपचारको क्रममा स्वास्थ्यमा सुधार नआएपछि गत २०८२ वैशाख १५ गते राती १० बजे पीडितका आफन्तले डिस्चार्ज माग गरेर उनलाई घरतर्फ लगेका थिए। तर अवस्था गम्भीर बन्दै गएपछि मंगलवार राति पुनः उनको स्वास्थ्य जाँचका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो।


उक्त अस्पतालमा आज बिहान बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। मृतकको शव हाल सोही अस्पतालको शव गृहमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया