आधुनिक प्रविधिसँग जोड्न सके मात्रै किसानको आर्थिक अवस्था सुधार गर्न सकिने: मन्त्री इस्राइल मन्सुरी

Jasus Khabar 3945+ समाचार ( )
४ जेठ २०८३

सुनसरी । पुर्व सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा झापामा “चीन–दक्षिण एशिया गरिबी न्यूनीकरण तथा विकास सहकार्य केन्द्र नेपाल ‘समृद्ध गाउँ’ परियोजना” अन्तर्गत मेशिनरी तथा उपकरण हस्तान्तरण समारोह सम्पन्न भएको छ।

China Foundation for Rural Development, बिर्तामोड नगरपालिका तथा अर्जुनधारा नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा पशुपालन तथा मत्स्यपालन क्षेत्रसँग सम्बन्धित आधुनिक उपकरण तथा प्रविधि किसान तथा सम्बन्धित समूहलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा इस्राईल मन्सुरी, तिल्चन पाठक लगायत पूर्व मन्त्रीहरू, स्थानीय जनप्रतिनिधि तथा विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मन्सुरीले कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्न सके मात्रै किसानको आर्थिक अवस्था सुधार गर्न सकिने बताउनुभयो। उहाँले “कृषि क्षेत्रमा आधुनिक उपकरण र प्रविधिको प्रयोग बढाउँदै उत्पादन वृद्धि तथा व्यवसायिकरणमा जोड दिन आवश्यक रहेको” उल्लेख गर्दै यस्ता परियोजनाले ग्रामीण क्षेत्रका किसानलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले नेपाल–चीन सहकार्यअन्तर्गत सञ्चालन भएका यस्ता कार्यक्रमहरूले गरिबी न्यूनीकरण, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

समारोहमा हस्तान्तरण गरिएका उपकरण तथा प्रविधिले पशुपालन र मत्स्यपालन क्षेत्रको उत्पादन लागत घटाउने, उत्पादकत्व बढाउने तथा किसानहरूको आयआर्जनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया