आइपिएल फाइनलमा पञ्जाब र आरसीबी भिड्दै, कुन टिम बन्ला नयाँ च्याम्पियन?

Jasus Khabar 3925+ समाचार ( )
२१ जेठ २०८२

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ को फाइनलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) प्रतिस्पर्धा गर्दै छन्।

१८ वर्षमा दुवै टिम पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहेका छन्। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा साँझ ७:४५ मा सुरु हुने खेलमा आइपीएलले ३ वर्षपछि नयाँ च्याम्पियन पाउने छ।

यसअघि २०२२ मा गुजरातले राजस्थान रोयल्सलाई हराएर पहिलो पटक उपाधि जितेको थियो। आइपिएलमा बैंगलोर चौंथो पटक फाइनल पुग्दा पञ्जाब दोस्रो पटक फाइनल पुगेको हो।

दुई टिमबीच एकआसपसमा भने पहिलो पटक फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो। आरसीबी २००९, २०११ र २०१६ मा फाइनलमा पुगे पनि सबै फाइनल गुमाउन पुगेको थियो। त्यस्तै पञ्जाब भने २०१४ मा फाइनल पुगेर पराजित भयो।

हेड टु हेडमा दुवै बराबरी

पञ्जाब र बैंगलोरबिच आइपिएल इतिहासमा ३६ खेल भएका छन्। दुबै टिमले १८-१८ खेलमा जित निकालेका छन्। यो मैदानमा दुइ टिम दोस्रो पटक भिड्न लागेका छन्।

यसअघि क्वालिफायर वानमा दुबै टिमले यहि मैदानमा खेलेका थिए। जहाँ बैंगलोरले ८ विकेटको जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो।

यो सिजनमा भने यि दुइ टिमबिच चौंथो पटक प्रतिस्पर्धा हुन लागेको हो। अघिल्ला तीन भिडन्तमा २ खेलमा बैंगलोर र १ खेलमा पञ्जाबले बाजी मारेका थिए।

कस्तो छ पिचको अवस्था?

यो मैदानको पिचलाई ब्याटिङ मैत्री मानिन्छ। यसअघि आइतबार भएको क्वालिफायर २ मा पञ्जाबले मुम्बइ विरुद्ध २०४ रनको लक्ष्य चेज गरेको थियो।

यस्तोमा आजपनि हाइस्कोरिङ खेल हुने अनुमान गरिएको छ। यो मैदानमा अहिले सम्म आइपिएलका कुल ४३ खेल आयोजना भएका छन्।

यहाँ पहिले ब्याटिङ गर्ने टिमले २१ र चेज गर्ने टिमले २२ पटक खेल आफ्नो पक्षमा पारेका छन्। यो मैदानको सर्वाधिक उच्च टोटल पञ्जाबलेनै जारी सिजन गुजरात विरुद्ध बनाएको २४३/५ रहेको छ।

यो मैदानमा पहिले ब्याटिङ गर्ने टिमले २ सय १० रनको स्कोर बनाएमा विनिङ टोटल मानिन्छ।

कस्तो रहन्छ मौसम?

अहमदाबादमा सोमबारको मौसम खेलका लागि उचित नहुन सक्ने सम्भावना रहेको छ। दिउँसो गर्मीसँगै बादल लाग्ने छ। वर्षाको सम्भावना ६२ प्रतिशत रहेको छ।

यहाँको तापत्रक्रम २७ देखी ३८ डीग्री सम्म रहने अनुमान गरिएको छ। हावाको रफ्तार १५ किलोमिटर प्रति घन्टा रहने छ। यसअघि क्वालिफायर २ मा पनि वर्षाले खेल समयमानै सुरु हुन सकेको थिएन्।

खेल निर्धारित समय भन्दा २ घन्टा ढिला सुरु भएको थियो। यदि फाइनलमा वर्षा भएमा १ सय २० मिनेट अतिरिक्त समय रहने छ।

यदि यो दौरानमा पनि खेल सुरु हुन नसकेमा रिजर्व डे अर्थात भोली खेलाइने छ। रिजर्व डे मा पनि रिजल्ट आउन नसकेमा दुबै टिमलाई सामुहिक विजेता घोषणा गरीने छ।

प्रतिक्रिया