नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।>
सुन आज तोलामा ५०० रुपैयाँले बढेर १ लाख ८८ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुन तोलाको १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।>
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।>>