आनदोलनलाई मध्यनजर गर्दै बिराटनगरमा उच्च सुरक्षा सतर्कता बढाइयो

Jasus Khabar 1+ समाचार ( )
आनदोलनलाई मध्यनजर गर्दै बिराटनगरमा उच्च सुरक्षा सतर्कता बढाइयो
१३ जेठ २०८०

संजना कुमारी दास / बिराटनगर 

कोशी प्रदेश नाम खारेजीको माग राख्दै बिराटनगरमा हुँदै आएको आनदोलनलाई मध्यनजर गर्दै बिराटनगरमा उच्च सुरक्षा सतर्कता बढाइएको छ । 

यस अघि नै जिल्ला प्रशासान कार्यालय मोरङले कोशी प्रदेशको नामङकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिसकेको छ । 

यस्तै शनिबार , मोरङको प्रमुख जिल्ला अधिकारी , कोशी प्रदेश नेपाल प्रहरी प्रमुख डिआइजि , कोशी प्रदेश सश्सत्र प्रहरी प्रमुख डिआइजि लगायतले बिराटनगरमा स्वयम स्थलगत निरिक्षण गरेका छन् । लाइभ न्यूजलाई श्रोतले दिएको जानकारी अनुसार जेष्ठ १४ गते हुने भनिएको आनदोलनलाई मत्थर पार्नका लागी सयौं संख्यामा नेपाल प्रहरी , सस्शत्र प्रहरीहरु परिचालन गर्ने भएको छ । 

यता शुक्रबार मात्रै , कोशी प्रदेश नाम खारेजीको माग राख्दै “पहिचानको लागि युवा“ ले नारा जुलुस लगाएका छन् । गठन भएको पहिचानको लागि युवा फोर्सले प्रदेशको नाम खारेजीको माग राख्दै विराटनगर परिक्रमा गरेको हो ।

प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचान पक्षधर सडक आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुको जेठ १४ गते आइतबार प्रदेशसभाको बजेट अधिवेशनका दिन प्रदेशसभा घेराउ गर्ने कार्यक्रम पनि रहेको श्रोतले बताएको छ । लाइभ न्यूज संग कुरा गर्दै आनदोलनका कमाण्डर भिम राइले भने , आनदोलनको स्वरुप जस्तो सुकै हुने बताएका छन् । 


प्रतिक्रिया