कांग्रेसले केन्द्रीय समिति बैठक लाइभ गरेको भन्दै कम्युनिस्टहरूका लागि बामदेव गौतमको चुनौती

Jasus Khabar 1+ समाचार ( )
४ श्रावण २०८०

राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ कम्युनिस्ट नेता बामदेव गौतमले नेपाली कांग्रेसलाई बधाई दिएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा रोष्ट्रममा उभिएर गौतमले कांग्रेसले केन्द्रीय समिति बैठक लाइभ गरेको भन्दै कम्युनिस्टहरूका लागि चुनौती भएको बताए । 

“नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक लाइभ गरेर अभ्यास सुरु गरेको छ । यसका लागि म कांग्रेसलाई बधाई दिन चाहन्छु,” गौतमले भने, “यो कम्युनिस्ट भनिएका पार्टीहरूका लागि चुनौती हो । सक्छन् भने कांग्रेसबाट सिक्दा हुन्छ ।”

प्रतिक्रिया