राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि आक्रमण भएको छ।>
रास्वपा सभापति रवि लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार गएराति कपनको प्रगति चोकमा भण्डारीमाथि आक्रमण भएको हो।>
नम्बर प्लेट छोपेर एउटा मोटरसाइकलमा पुगेका तीन जनामध्ये दुई जनाले रड प्रहार गरेको न्यौपानेको भनाइ छ। बदनलाई उद्धत गर्दै न्यौपानेले दिएको जानकारी अनुसार अर्को एक जनासँग खुकुरी थियो।>
रड प्रहारबाट १० वटा टाँका लगाउनु पर्ने गरी टाउकोमा गहिरो चोट लागेको छ। भण्डारीका शरीरभर डाम छन्। न्यौपानेका अनुसार भण्डारीले भागेर ज्यान बचाएका हुन्। उनको गाडी तोडफोड गरिएको छ।>
रास्वपाले घटनाको विषयमा प्रहरीलाई जानकारी गराएको बताएको छ। उसले आक्रमणको कारण राजनीतिक भएको भन्दै निष्पक्ष छानबिन गर्न भनेको छ।>
>
यसअघि बदनलाई नारी टीभीमा दिएको अन्तरवार्तालाई लिएर निरन्तर धम्की आएको खुलेको छ। केहीअघि अफिसमै आएर उनीबारे सोधखोज पनि गरिएको थियो।>
>>>
>>