बिराटनगरमा पुनः गुण्डागर्दि बढेको छ। हालै, स्थानीय गुण्डाहरुको समूहले दिनदहाडै बजार क्षेत्रमा एक व्यक्तिलाई कुटपिट गरेको भिडियो ुलाइभ न्यूज रफ्तारुले प्राप्त गरेको छ। भिडियोमा ती व्यक्तिलाई फलामजस्तो वस्तुले आक्रमण गरिएको देखिन्छ। कुटपिटमा संलग्नहरूमा सिभराम सहनी, रुस्तम उप्रेती, नितिन कट्टेल, बिमल कार्की लगायतका युवाहरू छन्। उनीहरूले बिराटनगरको बालाजी कपडा पसलमा प्रवेश गरी एक व्यक्तिलाई कुटपिट गरेका हुन्। >
शुक्रबार राति, त्रीसना होटलमा सिभराम सहनी, रुस्तम उप्रेती, नितिन कट्टेल, बिमल कार्की लगायतका युवाहरू पार्टी गरिरहेका थिए। अबेर राति भएको भन्दै होटलका सञ्चालक विजयको समूहले रुस्तम उप्रेतिलाई कुटपिट गरी घाइते बनाएका थिए। रुस्तमले कोशी अस्पतालमा उपचारपछि पुनः त्रीसना होटलमा विजयलाई खोज्न पुगेका थिए, तर विजय नभेटेपछि आज बजारमै कुटपिट गरेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङले भने, गुण्डागर्दिमा संलग्न जोसुकैलाई पनि कारबाही गर्ने बताएको छ र अपराधमा संलग्न व्यक्तिहरूको खोजी जारी राखेको छ।>
यसअघि पनि बिराटनगरमा ग्याङ फाइटका घटनाहरू भएका छन्। यसरी, बिराटनगरमा बढ्दो गुण्डागर्दिले स्थानीय बासिन्दामा त्रास फैलाएको छ र शान्ति सुरक्षामा चुनौती उत्पन्न गरेको छ।>
>
>>