विराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित हात पारेपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ ।>
लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ । अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ । काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ । सोमबार सुदूरपश्चिम र कर्णाली याक्सबीच हुने खेलपछि मात्र काठमान्डु प्लेअफ पुग्ने नपुग्ने टुङ्गो लाग्नेछ । सुदूरपश्चिमले कर्णालीलाई ५३ रन भन्दा बढीले पराजित गरेमा मात्र काठमाडौं नेटरनरेटमा माथि आउद्देछ । >
विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमान्डुले १८.१ ओभर खेल्दै ९ विकेट गुमाएर पूरा गरेको हो । काठमान्डुले आक्रमक सुरुवात गरेपनि बीचमा विकेट लगातार गुमाउँदा धर्मराएको थियो । दिपेश कँडेलले १९औं ओभरको पहिलो बलम सुवास भण्डारीलाई चौका प्रहार गर्दै काठमान्डुको जित पक्का गरेका थिए । काठमान्डुका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए ।>>